२०८३ श्रावण १४ गते , विहीबार

सिडिओ कार्यालय झापाको गेट नजिकै दुर्घटना, एक वृद्धाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण १३ गते , बुधबार
सिडिओ कार्यालय झापाको गेट नजिकै दुर्घटना, एक वृद्धाको मृत्यु

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाको गेट नजिकै दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा परी भद्रपुर नगरपालिका वडा नम्बर ९ बस्ने ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको हो ।
आज बिहान अन्दाजी ११ बजे जिल्ला प्रशासन कार्यालयमा काम सकेर बाटोमा निस्कँदै गर्दा कारागार कार्यालय तर्फबाट आउँदै गरेको प्र१-०१-००२ च ०००५ न.को सेतो कारले खड्कालाई ठक्कर दिएको थियो । दुर्घटनाबाट घाइते खड्कालाई सोही कारका चालकले तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल लगेर चेक जाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रञ्जन अवाले जानकारी दिए ।
कार र कार चालक बुद्धशान्ति-२ बस्ने वर्ष ४६ को मदन प्रसाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार