२०८३ श्रावण १५ गते , शुक्रबार

बिर्तामोडका तीन घर जलेर नष्ट

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण १४ गते , विहीबार
बिर्तामोडका तीन घर जलेर नष्ट

बिर्तामोड झापाको बिर्तामोडस्थित तीन घरमा आगलागी भएको आज बिहान ४:१० बजे बिर्तामोड नगरपालिका पुरानो भद्रपुर रोडछेउ सतानु पैनीमा बनेका गणेश पोख्रेल, तारा अर्याल सुन्दर राजवंशीको काठको वटा टाँडे घरमा आगलागी भएको हो

ती तीनैवटा घर जलेर पूर्णरुपमा नष्ट भएको त्यस्तै आगो निभाउने क्रममा भरत पोख्रेल, सारदा राजवंशी दिपेन्द्रकुमार वलीको घरमा सामान्य क्षति पुगेको

उक्त स्थानमा सुरक्षा बेशक्याम्प शनिश्चरेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सोभितबहादुर श्रेष्ठको कमाण्डमा ११ जना, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक लोकबहादुर दियालीको कमाण्डमा १० जना, श्री अरिदमन गण चारलागीबाट सेनानी किशोरकुमार खड्काको कमाण्डमा २५ जना, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका मेचीनगर नगरपालिकाको गरी तीनवटा दमकल स्थानीय बासिन्दाको सहयोगमा बिहान ५:४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको

गणेश पोख्रेलको काठको दुई तले घरबाट आगलागी सुरु भएको थियो विद्युत सर्ट भएर सो आगलागी भएको आशंका गरिएको   आगलागीबाट क्षतिको एकिन विवरण आउन बाँकी रहेको

सम्बन्धित समाचार