२०८३ श्रावण १५ गते , शुक्रबार

नेकपा बुद्धशान्तिको एकता बैठक सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण १४ गते , विहीबार
नेकपा बुद्धशान्तिको एकता बैठक सम्पन्न

बिर्तामोड । नेपाली कम्युनिष्ट पार्टी बुद्धशान्ति गाउँपालिकाको एकता बैठक सम्पन्न भएको छ । बैठकले ५१ सदस्यीय समिति निर्माण गरेको छ ।
पार्टीले सोही अवसरमा बुधबार परेको सहिद छविलालाल आचार्य (अणु) को २४औं स्मृति दिवससमेत मनाएको जिल्ला सहइन्चार्ज सीपी कडरियाले जानकारी दिए ।
शहिदले देखाएको बाटो दृढतापुर्बक हिड्ने सामुहिक सङ्कल्प सहित नव गठित समितिको सपथग्रहण सम्पन्न भएको थियो ।
प्रदेश सरकारबाट नेपाली काङ्ग्रेसको हठाथ बहिर्गमनले निम्त्याएको असामन्जस्यता र अस्थीरताका कारण सरकारमा नेकपाको सहजिकरण र सहभागीता जिम्मेवारिबोध सहितको बाध्यकारी अवस्था भएकाले प्रदेश सरकारको शक्ति शुन्यता बिचबाट पैदा हुन सक्ने सम्भावित ब्यवस्था बिरोधी चलखेल हरुलाई रोक्न सचेततापुर्बक अघि बढ्नुपर्नेमा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज कडरियाले जोड दिए । 

सम्बन्धित समाचार