२०८३ श्रावण १५ गते , शुक्रबार

आगामी दिनमा राज्य थप जिम्मेवार बन्नेछ : प्रधानमन्त्री

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण १४ गते , विहीबार
आगामी दिनमा राज्य थप जिम्मेवार बन्नेछ : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले देशका मधेशकेन्द्रित जिल्लामा भएको पछिल्लो घटनाक्रमबारे सम्बोधन गर्दै राज्य थप जिम्मेवार बन्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको पनि बताएका छन् ।
‘परिस्थिति सामान्य गर्न केन्द्रीय तहमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ,’ उनले भने, ‘स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको छ ।’
यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह वा घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनश्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगर्न नगराउन अनुरोध पनि उनले गरेका छन् ।
‘सरकारी निकायबाट जारी भएका आधिकारिक सूचनामा मात्रै विश्वास गर्न अनुरोध गर्दछु,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।
प्रत्येक नागरिकको जीउधान जोगाउनु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कामय राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व रहेको उनको भनाइ छ ।
उनले प्रतिबद्धता जाहेर गर्दै भनेका छन्, ‘आगामी दिनमा पनि राज्य थप सतर्क र जिम्मेवार बन्नेछ ।’

सम्बन्धित समाचार