२०८३ श्रावण १४ गते , विहीबार

सर्वदलीय बैठकमा ओली र साम्पाङ अनुपस्थित

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण १३ गते , बुधबार
सर्वदलीय बैठकमा ओली र साम्पाङ अनुपस्थित

झापा । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरिएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित भएका छन् । 
ओलीले पार्टी महासचिव शंकर पोखरेल र साम्पाङले प्रमुख सचेतक आरेन राईलाई बैठकमा पठाएका हुन् । 
नेपाली काग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, जनमतका पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत बैठकमा उपस्थित छन् । 
सुनसरीको संवेदनशील र दुःखद घटनापछि सामाजिक सद्भाव, शान्ति सुरक्षा र द्वेष न्यूनीकरणका लागि राजनीतिक तहबाट साझा सन्देश र अपिल गर्नेबारे छलफल गर्न बैठक बसेको हो । 

सम्बन्धित समाचार