२०८३ श्रावण १० गते , आईतबार

स्थानीय तहकाे निर्वाचनमा तालमेलकाे दिशामा अघि बढ्यो - सुर्य थापा

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण ९ गते , शनिबार
स्थानीय तहकाे निर्वाचनमा तालमेलकाे दिशामा अघि बढ्यो - सुर्य थापा

बिर्तामोड । नेकपा एमालेका नेता सूर्य थापाले नेकपासँगकाे सहकार्य स्थानीय तहकाे निर्वाचनमा तालमेलकाे दिशामा अघि बढेको बताएका छन् ।
आज एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डले प्रदेशमा सत्ता सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, 'प्रदेश सरकारमा सहकार्य, दुई कम्युनिस्ट पार्टीबीच कार्यगत एकता र स्थानीय निर्वाचनमा तालमेलको दिशा ।'
सातै प्रदेश सरकारमा सहकार्य गर्ने ३ बुँदे सहमति भएसँगै एमाले र नेकपाबीच फेरि सहकार्य सुरू भएकाे छ।

सम्बन्धित समाचार