२०८३ श्रावण ७ गते , विहीबार
दमक घटना : श्रीमान श्रीमती दुवै जनाको मृत्यु
बिर्तामोड । झापाको दमकमा श्रीमतीलाई खुकुरी प्रहार गरेर श्रीमान झुण्डिएको घटनामा दुवै जनाको मृत्यु भएको छ ।
दमक नगरपालिका १ सिरपाली चोक बस्ने बर्ष ४२ को धनबहादुर दर्जीले ४२ वर्षीया श्रीमती विजय कुमारी दर्जीलाई खुकुरी प्रहार गरी झुण्डिएको अवस्थामा निजकै छोरी प्रियंका दर्जीले देखेर डोरी काटेर प्रहरीलाई खबर गरेकी थिइन् । उनीहरू दुवै जनालाई प्रहरीले दमक अस्पताल पठाएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो अन्दाजी २ बजे आपसी विवादका कारण धनबहादुरले विजयकुमारीलाई खुकुरी प्रहार गरी घाइते बनाई घरको कोठामा आफू झुण्डिएका थिए ।