२०८३ श्रावण ५ गते , मंगलबार

कर्मचारी मिलन केन्द्रले गर्यो प्रमुख न्यायाधीश लुइटेलको विदाई

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण ५ गते , मंगलबार
कर्मचारी मिलन केन्द्रले गर्यो प्रमुख न्यायाधीश लुइटेलको विदाई

बिर्तामोड । कर्मचारी मिलन केन्द्र झापाले सल्लाहकार संयोजक तथा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेलको विदाई गरेको छ । केन्द्रले लुइटेललाई सोमबार विदाई गरेको हो । लुटेलको काठमाडौं जिल्ला अदालतमा सरुवा भएको छ ।
करिब २२ महिना अगाडी सरुवा भएर झापा आएका लुइटेलले अदालतको न्याय सम्पादन प्रक्रियामा कार्यालय प्रमुखहरूबाट अपेक्षा गरे बमोजिमको समन्वय र सहयोग पाएको बताए ।
न्यायाधीशलाई राज्यले सुम्पिएको निर्वाचनको जिम्मेवारीमा समेत कर्मचारीबाट अधिकतम सहयोग पाएको भन्दै लुइटेलले कर्मचारीहरुलाई धन्यवाद दिएका छन ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न विदाई तथा फेरि भेटौला कार्यक्रममा सरुवा भएका प्रमुख न्यायाधीश लुइटेललाई प्रमुख जिल्ला अधिकारी गेलालले शुभकामना व्यक्त गरे ।
सोही कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको समेत विदाई गरिएको थियो ।
कर्मचारी मिलन केन्द्र झापाका अध्यक्ष सागर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन केन्द्रका महासचिव एवं कारागार कार्यालय झापाका प्रमुख रेवन्त भट्टराईले गरेका थिए ।
जिल्ला तथा स्थानीय तहहरूमा कार्यरत निजामती र सार्वजनिक सेवाका कर्मचारीहरूबीच भाइचारा, एकता र बन्धुत्वको भावना विकास गर्ने उद्धेश्यले गठन गरिएको कर्मचारी मिलन केन्द्र एक स्वतन्त्र, गैर-राजनीतिक र साझा संस्था भएको जिल्ला अदालत झापाका शाखा अधिकृत तथा सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । केन्द्रमा जिल्ला न्यायाधीश सल्लाहकार संयोजक र प्रमुख जिल्ला अधिकारी संरक्षक रहने व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार