२०८३ श्रावण ५ गते , मंगलबार

फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण ४ गते , सोमबार
फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

बिर्तामोड फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको अर्जेन्टिनालाई हराउँदै स्पेनले उपाधि हात पारेको हो

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो

स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै निर्णायक बन्यो टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए

टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो

निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्यो

स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो

सम्बन्धित समाचार