झापामा डिभिजन वन कार्यालयको गाडीको ठक्करबाट एक जनाको मृत्युु
बिर्तामोड । झापाको मेचीनगरमा डिभिजन वन कार्यालय झापाको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान अन्दाजी १०:४५ बजे मेचीनगर-१५ कालिकास्थित भित्री सडक खण्डमा काकरभिट्टाबाट भद्रपुरतर्फ आउँदै गरेको प्र.१-०१-००२ ह.७८०५ नम्बरको सिटि सफारी र बिपरीत दिशाबाट जाँदै गरको डिभिजन वन कार्यालय झापाको बागमती प्र.०१-००२ झ.७३६० नम्बरको स्कर्पियो गाडीसंग ठक्कर खाई दुर्घट्ना हुँदा सिटी सफारीमा सवार यात्रु स्थानीय १५ बस्ने अन्दाजी बर्ष ४० की आरति उराउ गम्भिर घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा ११:१५ बजे चिकित्सकले चेकजाच गरी मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रन्जन अवाले जानकारी दिए ।
ठक्कर दिएर स्कर्पियो गाडी फरार रहेकोमा ११:५० बजे मेचीनगर ४ बाहुनडांगीबाट इप्रका काँकरभिट्टाका डीएसपी निषेश चापागाईको कमाण्डमा खटिएको टोलीले गाडी र गाडी चालक भद्रपुर-१० बस्ने अन्दाजी बर्ष ५४ को लिला श्रेष्ठ नियन्त्रणमा लिएको, सिटी सफारी चालक मेचीनगर ६ बस्ने अन्दाजी बर्ष ४५ को गम्भीर प्रसाद बातर र सिटी सफारी प्रहरी चौकी ज्यामिरगढीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।