२०८३ श्रावण ४ गते , सोमबार

विश्वकपमा एमबाप्पे बने सर्वाधिक गोलकर्ता

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण ३ गते , आईतबार
विश्वकपमा एमबाप्पे बने सर्वाधिक गोलकर्ता

झापा । फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकपमा मेसीलाई पछि पार्दै एमबाप्पे सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले जारी फिफा विश्वकप २०२६ मा पनि सर्वाधिक गोल गरेका छन् । उनले १० गोल गर्दा मेसीले ८ गोल गरेका छन् ।
त्यस्तै एमबाप्पे विश्वकप इतिहासमा पनि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
जारी फिफा विश्वकप २०२६ को इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पे सर्वाधिक गोल गर्ने सूचीमा पुगेका हुन् ।
एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेका छन् । एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेका हुन् । यसअघि उक्त कीर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा थियो । उनले २१ गोल गरेका थिए ।

सम्बन्धित समाचार