२०८३ श्रावण १ गते , शुक्रबार
झापामा नेकपाको एकता बैठक साउन २ गते
बिर्तामोड । नेपाली कम्युनिष्ट पार्टीले झापामा एकता बैठक साउन २ गते गर्ने भएको छ । साविक मेचीको ताप्लेजुङ र पाँचथरपछि झापामा पार्टीले एकता बैठक गर्न लागेको हो ।
कार्यक्रम बिर्तामोडस्थित सिटी सेन्टरमा बिहान ११ बजेदेखि गर्न लागिएको जिल्ला संयोजक खड्गबहादुर तिम्सिना (पवन)ले जानकारी दिए ।
नेकपाले झापाको पन्ध्रवटै पालिका र निर्वाचन क्षेत्रहरुमा इञ्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोजक टुंगो लगाईसकेको छ ।
पार्टीले पुष्प पोखरेललाई जिल्ला इञ्चार्ज तोकेको छ भने संयोजकमा खड्गबहादुर तिम्सिना (पवन)लाई तोकेको छ ।
२०८२ कात्तिक १९ गते नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (समाजवादी)सहित विभिन्न राजनीतिक दल तथा समूहहरुबिच एकीकरणपश्चात बनेको नेकपाले देशव्यापी एकता बैठक गरिरहेको छ ।