२०८३ श्रावण १ गते , शुक्रबार

अर्जेन्टिना विश्वकप २०२६ को फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८३ असार ३२ गते , विहीबार
अर्जेन्टिना विश्वकप २०२६ को फाइनल प्रवेश

बिर्तामोड साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनल प्रवेश गरेको सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि को पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो

एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो

अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज लाउटारो मार्टिनेजले गोल गरे इंग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरे

तीन पटकको विश्वविजेता अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको ३६ वर्षको उपाधि खडेरी तोड्दै सन् २०२२ मा विश्वकप जितेको अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने बाटोमा अगाडि बढेको अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ

अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ २०२२ मा उपाधि जितेको थियो भने १९३०, १९९० २०१४ मा फाइनलमा पराजित भएको थियो

सन् १९६६ मा उपाधि जितेको इंग्ल्यान्ड सेमिफाइनलमा तेस्रोपटक पराजित भएको यसअघि १९९० २०१८ मा पनि सेमिफाइनल पुगेर पराजित भएको थियो

तनावपूर्ण बनेको पहिलो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाउन नसक्दा गोलरहित बराबरीमा सकिएको थियो दोस्रो हाफमा तीन गोल भयो

खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए गोर्डनले मोर्गन रोजर्सको क्रसमा गोल गरेका थिए तर, अन्तिम समयमा अग्रता जोगाउन नसक्दा इंग्ल्यान्ड सेमिफाइनलमै रोकिन पुग्यो अर्जेन्टिनाले भने च्याम्पियन शैलीमा अन्तिम पाँच मिनेटको खेल बाँकी हुँदा शानदार पुनरागमन गर्यो यसअघि प्रिक्वाटरफाइनलमा दुई गोलले पछि पर्दा अन्तिम समयमा कमब्याक गर्दै गोल गरेर खेल जितेको अर्जेन्टिनाले सेमिफाइनलमा पनि त्यस्तै खेल देखायो

८५औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेलले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए बराबरी गोल गरेपछि अर्जेन्टिना खेलमा हावी बन्न थाल्यो भने इंग्ल्यान्ड दबाबमा पर्यो

पहिलो गोल गरेपछि इंग्ल्यान्ड रक्षात्मक रणनीति अपनाउँदै अर्जेन्टिनालाई गोल गर्न नदिने प्रयास गरेको थियो तर लगातारको प्रयास पछि अर्जेन्टिनाले डेडलक तोड्यो जसले गर्दा खेल प्रतिस्पर्धात्मक रोमाञ्चक बन्यो

दोस्रो हाफमा मिनेटको अतिरिक्त समयमा थप गरिएको थियो त्यही अतिरिक्त समयको दोस्रो मिनेटमा सुपर सब मार्टिनेजले मेसीकै पासमा गोल गर्दै अर्जेन्टिनालाई को अग्रता दिलाए

महत्वपूर्ण समयमा अग्रता लिएको अर्जेन्टिनाले त्यो अग्रता अतिरिक्त समयमा जोगाउँदै जित हात पार्यो

पहिलो हाफ नीरस बनेको खेलमा दोस्रो हाफमा दुवैतर्फबाट गोलको प्रयास भएको थियो अर्जेन्टिनाको प्रहार सट अन टार्गेट हुँदा इंग्ल्यान्डले प्रहार मात्र सट अन टार्गेट राख्न सक्यो सुरुवातदेखि नै बल पोजिसनमा अघि रहेको अर्जेन्टिनाले ६४ प्रतिशत बल पोजेसन राखेको थियो दुवै टिमबाट गरी खेलभर २६ वटा फाउल भएको थियो

सम्बन्धित समाचार