२०८३ श्रावण १ गते , शुक्रबार

मेधश प्रदेशका पूर्व प्रमुख अहिराज बालिका करणी मुद्दामा दोषी ठहर

sajilo news
परिवेश मिडिया
२०८३ असार ३२ गते , विहीबार
मेधश प्रदेशका पूर्व प्रमुख अहिराज बालिका करणी मुद्दामा दोषी ठहर

झापा । मेधश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज बालिका करणी मुद्दामा दोषी ठहर भएका छन् ।
मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको हो । उनलाई सजाय निर्धारणका लागि अर्को पेशी तोकिने जिल्ला अदालत प्रशासनले जानकारी दियो ।
उनले महिलालाई २०८१ जेठ ४ गते आफ्नै डेरामा गएर करणी गरेको आरोपमा परेको मुद्दामा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
न्यायाधीश पिताम्बर शर्माको इजलासले गत वर्ष साउन १४ गते अहिराजालाई थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त आदेशलाई उच्च अदालत पाटन र सर्वोच्चले सदर गर्दा अहिराज पुर्पक्षका लागि थुनामै रहेका छन् ।

सम्बन्धित समाचार