पहिलो पटक झापाको बह्रदशीमा खुला प्रतिष्पर्धाबाट प्रअ नियुक्ति
बिर्तामोड । पहिलो पटक झापाको बाह्रदशी गाउँपालिकाले खुला प्रतिष्पर्धाबाट पालिका भित्रका विद्यालयमा प्रधानाध्यापक नियुक्ति गरेको छ । पालिकाले १५ वटा विद्यालयमा बुधबार प्रतिष्पर्धाबाट प्रअ नियुक्ति गरेको हो ।
बाह्रदशीले १६ वटा विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरी उम्मेदवारहरुमध्येबाट प्रस्तावना पेश गराई, कार्यअवधि, तालिम, शैक्षिक योग्यता आदिका आधारमा प्रस्तुतीकरणको माध्यमबाट १५ वटा विद्यालयमा प्रधानाध्यापक नियुक्ति गरेको हो ।
पशुपति माविमा गुणनिधि लुईटेल, गौरीशंकर माविमा लेखनाथ कटुवाल, फुलबारी माविमा कुमार दाहाल, अमृत माविमा डुमेश्वर प्रसाद साह, जनविकास माविमा सुपेन राजवंशी, पञ्चमणी माविमा धनमाया देवी पौडेल, भगवती आविमा घनश्याम उप्रेती, पशुपति आविमा सरोजा अर्याल, जनता आविमा लालबहादुर थापा, सुन्दरपुर आविमा सुपाल राजवंशी, साधुपर्ती आविमा टंकप्रसाद सापकोटा, राधानगर आविमा लोकबहादुर कार्की, घोडामारा आविमा तुलाराम निरौला, कटरडाँगी आविमा शिवप्रसाद पोखरेल र रामनगर आविमा नरेश बराल प्रधानाध्यापकमा नियुक्त भएको घोडामारा आविका प्रअ तुलाराम निरौलाले जानकारी दिए ।
निमावि तहमा आवश्यकभन्दा कम आवेदन परेकाले जनज्योति आविमा भने तत्कालका लागि नयाँ प्रअ नियुक्ति हुन नसकेको पालिकाले जानकाएको छ ।
माध्यमिक तहमा ६ वटा कोटामा ८ जना, निमावि तहमा ५ वटामध्ये ४ जना र प्रावि तहमा ५ वटा कोटामा १० जनाको उम्मेदवारी परेको थियो ।