२०८३ असार ३१ गते , बुधबार
बिर्तामोडमा टिपरले ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते
बिर्तामोड । झापाको बिर्तामोडमा टिपरले ठक्कर दिँदा एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् । बिर्तामोड ३ दृष्टि आँखा अस्पताल अगाडी टिपरको ठक्करबाट स्थानीय ७० बर्षीया लिलामाया बुढाथोकी गम्भीर घाइते भएकी हुन् ।
मंगलबार साँझ अन्दाजी ६ः३५ बजे बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको प्र १–०१–००१ क १०१३ नम्बरको टिपरले ठक्कर दिँदा बुढाथोकी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
टिपर र चालक कचनकवल ५ बस्ने २१ बर्षीय जाबेद आलम प्रहरीको नियन्त्रणमा रहेका छन् ।