२०८३ असार ३० गते , मंगलबार

सयौं बोरा खरबुजाको बिउ बरामद

sajilo news
परिवेश मिडिया
२०८३ असार २९ गते , सोमबार
सयौं बोरा खरबुजाको बिउ बरामद

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले सयौ बोरा खरबुजाको बिउ बरामद गरेको छ ।
आइतबार झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ ज्ञाने चोक बस्ने भिमलाल सुवेदीको घरबाट ९४८ बोरा अवैध रुपमा लुकाई राखेको अवस्थामा सो बीउ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी वसुन्धरा खड्काको नेतृत्वमा आईतबार साँझ ६ बजे गएको ५५ जना प्रहरी टोलीले सुवेदीको घरको दुई वटा कोठामा लुकाई राखेको खरबुजाको बीउ बरामद गरी भन्सार कार्यालय भद्रपुरमा बुझाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रन्जन अवाले जानकारी दिए ।

सम्बन्धित समाचार