२०८३ असार ३० गते , मंगलबार
दमकमा ७ थान चोरीको मोबाइलससहित एक जना पक्राउ
बिर्तामोड । झापाको दमकबाट प्रहरीले चोरीको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दमक २ बस्ने पुष्कर पौडेललाई सात थान चोरीको मोबाइलसहित पक्राउ गरेको हो ।
दमक नगरपालिका वडा नम्बर ६ सब्जीबजारबाट सन्चराज सुव्वाको सामसुङ कम्पनीको मोबाईल आफन्तको पसलमा चार्जमा राखेको अवस्थामा चोरी भएको घटनाका सम्बन्धमा चोरी गर्ने मानिसको पहिचान तथा खोजतलास गर्ने क्रममा उक्त मोबाईल चोरी गर्ने कार्यमा संलग्न पौडेललाई पक्राउ गरी सोमबार अदालतबाट पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रन्जन अवाले जानकारी दिए ।