२०८३ असार २७ गते , शनिबार

काँग्रेस नेता बस्नेतले आश्वासन पूरा नगरेको अधिकारीको गुनासो

sajilo news
परिवेश मिडिया
२०८३ असार २७ गते , शनिबार
काँग्रेस नेता बस्नेतले आश्वासन पूरा नगरेको अधिकारीको गुनासो

बिर्तामोड । स्वर्गीय प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले काँग्रेस नेता मोहनबहादुर बस्नेतले गरेको सहयोगको आश्वासन पूरा नगरेको गुनासो गरेकीछन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् अधिकारीले यस्तो गुनासो गरेकिहुन ।
दुई दिन अघि आत्मदाह प्रयास पश्चात् मृत्यु भएको मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको परिवारलाई नेता बस्नेतले सहयोग गर्ने वचन दिएपछि अधिकारीले त्यसको थम्बनेल राख्दै आफूहरूलाई बस्नेतले दिएको आश्वासन पूरा नभएको गुनासो गरेकी हुन् ।
इलाम सूर्योदयका युवा  व्यवसायी प्रेम प्रसाद आचार्यले २०७९ माघ १० गते काठमाण्डौको नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा माघ ११ गते निधन भए पछि काँग्रेस नेता बस्नेतले आचार्यको श्रीमती नानुकालाई रोजगारी दिने र छोरीहरूको स्नातकसम्मको अध्ययनको जिम्मेवारी लिए पनि सो अनुरूप नभएको अधिकारीले गुनासो गरेकिहुन् । 

सम्बन्धित समाचार