२०८३ असार २६ गते , शुक्रबार

शुक्रबार पुनः एक युवकले गरे आत्मदाह प्रयास

sajilo news
परिवेश मिडिया
२०८३ असार २६ गते , शुक्रबार
शुक्रबार पुनः एक युवकले गरे आत्मदाह प्रयास

झापा । राजधानी काठमाडौँमा बिहीबार भएको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार घाइते मण्डलको मानसिक अवस्था केही समयदेखि सन्तुलित नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उनले के–कति कारणले यस्तो चरम कदम चाले भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गम्भीर अवस्थामा रहेका मण्डललाई तत्काल प्राथमिक उपचारपछि थप र प्रभावकारी उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ ।
यसअघि बिहीबार मात्रै काठमाडौँमा गणेश नेपालीले आत्मदाह गरेका थिए, जसको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।

सम्बन्धित समाचार