२०८३ असार २७ गते , शनिबार

भानुभक्त आचार्यको २१३ओै जन्मजयन्तीको अवसरमा गोष्ठी

sajilo news
परिवेश मिडिया
२०८३ असार २७ गते , शनिबार
भानुभक्त आचार्यको २१३ओै जन्मजयन्तीको अवसरमा गोष्ठी

बिर्तामोड । आदिकवि भानुभक्त आचार्यको २१३ओै जन्मजयन्तीको अवसर पारेर झापाको बिर्तामोडमा साहित्य गोष्ठी सम्पन्न भएको छ
नेपाली लेखक संघ कोशी प्रदेशको आयोजना र नेपाली लेखक संघ झापाको समन्वयमा आदिकवि भानुभक्तका कवितामा वर्तमान सान्दर्भिकता विषयक परिचर्चा तथा कविता गोष्ठी सम्पन्न भएको छ ।
जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रम गीतकार शिवशंकर थापाको प्रमुख अतिथ्यता तथा नेपाली लेखक संघ कोशीका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा आदिकवि भानुभक्त आचार्यले साहित्यमा देखाएको साहित्य लेखन, भाषा संस्कृतिलाई संगसंगै जोडेर लैजानुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि थापा, साहित्यकार तथा गीतकार केशव आचार्य, प्रगतिशील लेखक संघका अध्यक्ष लीला अधिकारी, विवश बलिभद्र कोइराला, लगायतले भानुभक्तको व्यक्तित्व तथा कवित्व सम्बन्धी चर्चा गरेका थिए ।
सो अवसरमा सुभद्रा भट्टराई, प्रसाद वाग्ले, चिरञ्जिवी काफ्ले, मञ्जुश्री गिरी, अभागी थेगुवा, पुण्यप्रसाद खरेल, अर्जुन नेपाल, वियोगी अधिकारी, खुशी सुवेदी, राजेन्द्र अधिकारी, देशु वनेम, उमेश विरोधी, रोमा निरौला, इन्द्र कटुवाल, केशु विरही, महेन्द्र कोइराला, उमेश सुवेदी, डिल्लीराम चापागाँई, मुक्ति अस्तित्व, रश्मी असफल, गीता सुवेदी, लक्ष्मी रायमाझी, हरि न्यौपाने, सिन्धु निरौला, मिना अधिकारी, टोलीप्रसाद राजवंशी लगायतले रचना वाचन गरेका थिए ।
उदियमान साहित्य सर्जक सफलता फुयालबाट प्रारम्भ भएको रचना वाचन कार्यक्रममा उपस्थित मध्येबाट सबैभन्दा कान्छो स्रोता सार्थकबाबु कट्टेलले सरस्वती बन्दना वाचन गरेर समापन गरिएको थियो ।
नेपाली लेखक संघकी कोशी प्रदेश उपाध्यक्ष तथा कार्यक्रमकी संयोजक लता खरेल र नेपाली लेखक संघका जिल्ला सचिव समिरबाबु कट्टेलले सञ्चालन गरेको कार्यक्रममा जिल्ला अध्यक्ष दयानन्द गोस्वामीले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार