२०८३ असार २६ गते , शुक्रबार
अनुमति नलिई सञ्चालित बक्सिङ सेन्टरलाई कारबाहीको माग
बिर्तामोड । अनुमति नलिइ सञ्चालनमा ल्याइएका बक्सिङ सेन्टरलाई कारबाहीको माग गरिएको छ । जिल्ला बक्सिङ संघ झापाले शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई एक पत्र बुझाउँदै कारबाहीको माग गरेको हो ।
जिल्ला बक्सिङ संघ झापाका अध्यक्ष युवराज खड्काको नेतृत्वमा गएको टोलीले अनुमति नलिई जीम तथा फिटनेस सेन्टरमा समेत रिङ बनाएर बक्सिङ सिकाउने गरिएको भन्दै अनुगमन गरि कारबाहीको माग गरेको हो ।
उनीहरुले जिल्ला खेलकुद विकास समिति झापा, प्रदेश खेलकुद विकास बोर्ड, कोशी र नेपाल बक्सिङ महासंघलाई समेत पत्रको बोधार्थ दिएका छन् ।
हेर्नुहोस पत्र
.jpg)