२०८३ असार २७ गते , शनिबार

अनारमनीकाे हिरासतमा रहेका थुनुवाको स्वास्थ्य परीक्षण

sajilo news
परिवेश मिडिया
२०८३ असार २७ गते , शनिबार
अनारमनीकाे हिरासतमा रहेका थुनुवाको स्वास्थ्य परीक्षण

बिर्तामोड । झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका थुनुवाहरूको स्वास्थ्य परीक्षण गरिएको छ । इप्रका अनारमनीको हिरासतमा रहेका ७८ जना थुनुवाको स्वास्थ्य परीक्षण गरिएको हो ।
थुनुवाहरूको संख्या धेरै भएको र गर्मीको मौसम भएकाले एकआपसमा कुनै सङ्क्रमण नहोस् भन्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष पाठकले जानकारी दिए । बिएन्डसी अस्पताल बिर्तामोडसँगको सहकार्यमा उनीहरूको स्वास्थ्य परीक्षण गरिएको हो । अस्पतालका डा. विकास सुर्खेनीसहित चार जनाको टोलीले स्वास्थ्य परीक्षण गरेको उनले बताए ।
हिरासतमा रहेकाहरूमध्ये अधिकांश लागूऔषध मुद्दाका थुनुवा रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार