२०८३ असार ६ गते , शनिबार

कन्काईमा मोटरसाइकल र ट्याक्टर ठोकिँदा दाजु बहिनीको मृत्यु, आमा गम्भीर घाइते

sajilo news
परिवेश मिडिया
२०८३ असार ५ गते , शुक्रबार
कन्काईमा मोटरसाइकल र ट्याक्टर ठोकिँदा दाजु बहिनीको मृत्यु, आमा गम्भीर घाइते

बिर्तामोड । झापाको कन्काईमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोकिँदा दाजु र बहिनीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । शुक्रबार भएको दुर्घटनामा परी झापा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २० को समिर अली र पछाडी सवार निजकै बहिनी ५ वर्षीया  हाजिरा खातुनको मृत्यु भएको हो । दुर्घटनामा परी उनीहरूको आमा ४५ वर्षीया  नुरेश सादेवी गम्भीर घाइते भएकी छन् ।
दिउँसो अन्दाजी १२ बजे कनकाई नगरपालिका ५ तुलसीवारी स्थित भित्री सडक खण्डमा सुरुङ्गावाट झापा बजारतर्फ जादै गरेको मे.४ प ५८५ नं. को मोटरसाइकल र खेत जोतेर सडकमा निक्लदै गरेको मे.१त ७४०४ नं. को ट्याक्टर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक समिर अली, पछाडी सवार निजकै आमा नुरेश सादेवी, निजको छोरी बर्ष ५ की हाजिरा खातुन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तीनै जना घाईतेलाई कन्काई अस्पताल सुरुङ्गा पठाईएकोमा अस्पतालमा पुग्न साथ डाक्टरले चेकजाँच गर्दा समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रन्जन अवाले जानकारी दिए ।
आमा नुरेश सादेवीको अवस्था गम्भिर भएकोले थप उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाईएको प्रहरीले जनाएको छ । मोटरसाइकल, ट्याक्टर र ट्याक्टरका चालक कनकाई नगरपालिका वडा नं. ५ बस्ने बर्ष ४६ को चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार