२०८३ श्रावण २५ गते , सोमबार
बिर्तामोडमा अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका २ बाह्रकोटीगाउँ मा अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
भित्री सडक खण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना
दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार जिल्ला झापा, झापा गाउँपालिका –०४ भामटोली बस्ने ३५ वर्षीया सुखि बिवी समेत पाँच जना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा सुखि बिवीको उपचारको क्रममा दिउँसो १:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।