२०८३ श्रावण २५ गते , सोमबार

अर्जुनधारामा नेकपालाई मजबुद बनाउने प्रतिबद्धता

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण २४ गते , आईतबार
अर्जुनधारामा नेकपालाई मजबुद बनाउने प्रतिबद्धता

अर्जुनधारा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधाराको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी संगठनलाई थप मजबुद बनाउँदै चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
अर्जुनधारा–७ स्थित पितृ भवनमा आईतबार आयोजित कार्यक्रममा पार्टी एकतालाई स्थानीय तहसम्म बलियो बनाई जनताका समस्या र भावनासँग जोडेर अघि बढेमात्र पार्टीले गति लिने निचोड निकालिएको हो ।
पार्टी नगर संयोजक नरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सचिव तथा एकता संयोजक लीलामणि पोखरेलको प्रमुख अतिथ्य रहेको थियो ।
पोखरेलले पार्टी एकता केवल संगठनको संरचना निर्माणमा मात्र सीमित नरही विचार, नीति र व्यवहारमा समेत लागूहुनुपर्ने बताए ।
उनले बदलिँदो राजनीतिक परिस्थितिलाई आत्मसात् गर्दै पार्टीका नेता तथा कार्यकर्ताले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रीय सदस्यद्वय चन्द्रा श्रेष्ठ, अशेष घिमिरे, जिल्ला संयोजक खड्ग तिम्सिना (पवन) लगायतले शुभकामना मन्तव्य राखेका थिए भने पार्टीको सर्कुलर संयोजक कुमार आचार्यले वाचन गरेका थिए ।
यसैबीच नारद दुःखीको संयोजकत्वमा ४३ सदस्यीय अर्जुनधारा नगर संयोजन समिति गठन गरिएको छ ।
उक्त समितिको घोषणा इन्चार्ज देवकुमारी प्रसाईले गरेकी थिइन् ।
नगर सहसंयोजक कृष्ण लोहारले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्का सहसंयोजक नारायण पौडेलले गरेका थिए ।

सम्बन्धित समाचार