२०८३ असार ५ गते , शुक्रबार

गाडीमा गीत बजाएबापत अनिवार्य रोयल्टी तिर्नुपर्ने

sajilo news
परिवेश मिडिया
२०८३ असार ४ गते , विहीबार
गाडीमा गीत बजाएबापत अनिवार्य रोयल्टी तिर्नुपर्ने

बिर्तामोड कोशी प्रदेशमा सार्वजनिक सवारीमा गीतसंगीतको प्रयोग गरेवापत अनिवार्य रूपमा संगीत रोयल्टी तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको

प्रतिलिपि अधिकार ऐन, २०५९ को व्यवस्थाअनुसार पहिलो चरणमा यातायात क्षेत्रबाट रोयल्टी संकलनको सुरुवात गरिएको हो

संगीत रोयल्टी संकलनका लागि एमएमएस नेपालले कोशी प्रदेशको विराटनगर, इटहरी, बिर्तामोड, धनकुटासहित सात स्थानमा कार्यालय स्थापना गरी प्रतिनिधि परिचालन गरेको

यी यातायात कार्यालयमा सार्वजनिक सवारी साधनको दर्ता, नवीकरण नामसारी गर्दा संगीत रोयल्टी तिरेको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ

रोयल्टीवापत बसले वार्षिक रूपमा दुई हजार, मिनी बसले हजार ४००, ट्रक तथा ट्यांकरले एक हजार २००, साना सवारी (ट्याक्सी, जिप, भ्यान)ले एक हजार टेम्पोले ८०० रुपैयाँ बुझाउनुपर्नेछ

यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख मनोज कार्कीले कानुनी व्यवस्थाअनुसार रोयल्टी चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको बताए   यातायात क्षेत्रमा लागु भएपछि अब होटल, रेस्टुरेन्टलगायत क्षेत्रमा रोयल्टी संकलन प्रक्रिया सुरु गरिने एमएमएस नेपालका सञ्चार प्रमुख नवीन दाहालले जानकारी दिए

यसरी संकलन भएको रोयल्टीको केही अंश सर्जकले पाउनेछन्

सम्बन्धित समाचार