२०८३ असार ५ गते , शुक्रबार

सवारी नियम उल्लंघन गर्ने ४ जनाको लाइसेन्स निलम्बन

sajilo news
परिवेश मिडिया
२०८३ असार ४ गते , विहीबार
सवारी नियम उल्लंघन गर्ने ४ जनाको लाइसेन्स निलम्बन

बिर्तामोड झापामा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने चार जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिसमा परेका छन्

पटकपटक ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स महिनाका लागि निलम्बन गर्न यातायात कार्यालयलार्ई पत्राचार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए

नियम उल्लङ्घनमा पटकपटक कारबाही पर्दा पनि अटेर गरी गल्ती दोहो¥याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयलाई पत्राचार गरिएको उनले जानकारी दिए सवारी तथा यातायात व्यवस्था ऐन२०४९को प्रावधान अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको

सोही कानूनी व्यवस्थामा टेकेर ट्राफिक प्रहरीले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कडा कदम चालेको हो पटकपटक जरिवाना तिराउँदा पनि सवारी चालकहरूमा नियम पालना गर्ने प्रवृत्ति विकास नभएपछि लाइसेन्स नै निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ लाइसेन्स निलम्बनमा परेका चालकहरूले महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्

एउटै कसुरमा लगातार पाँच पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरे लाइसेन्स निलम्बन हुँदै आएकोमा अब जुनसुकै कसुरमा लगातार पाँच पटकसम्म कारबाही भए लाइसेन्स निलम्बन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा प्रमुख प्रहरी निरीक्षक राईले बताए

सोही अनुसार झापामा चार जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरेको बताए उनका अनुसार झापामा पहिलोपटक चार जनाको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको हो सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ परिच्छेद को दफा ६० बमोजिम चालकले पालन गर्नुपर्ने सर्तहरू पाँच पटक भन्दा बढी उल्लङ्घन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र महिनासम्मको लागि निलम्बन गर्न सक्नेछ भन्ने व्यवस्था रहेको यसै नियमका आधारमा ती लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयमा सिफारिस गरिने भएको हो

जिल्ला ट्राफिक प्रहरी कार्यालयको सिफारिसका आधारमा दुई जनाको लाइसेन्स निलम्बन नै भइसकेको यातायात कार्यालय बिर्तामोडका प्रमुख प्रेम सापकोटाले जानकारी दिए अन्य दुई वटा लाइसेन्स निलम्बनका लागि सिफारिस आइसकेकाले त्यो पनि निलम्बन प्रक्रिया अघि बढाइसकेको उनले बताए

यातायात कार्यालय बिर्तामोडका प्रमुख सापकोटाले ट्राफिक प्रहरीले जरिवानासहित निलम्बनका लागि गर्ने सिफारिस तथा कुन कसुरमा कारबाही गर्ने हो भनेर उल्लेख गर्दै सिफारिस गर्छ, सोही अनुसार यातायात कार्यालयले कारबाही प्रक्रिया अघि बढाउने गरेको जानकारी दिए निलम्बनका परेकाहरूको लाइसेन्स फुकुवाका लागि सिफारिस आए पछि मात्रै उनीहरू वैधानिक हुने उनको भनाइ

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ परिच्छेद १० को (ट्राफिक प्रहरीलाई प्रत्यायोजित) दफा १६), ट्राफिक प्रहरीले तत्काल कारबाही गर्न सक्ने दफा १६४ मा उल्लेखित कसुरहरु पाँच पटक वा सोभन्दा बढी उल्लङ्घन गरेको टीभीआरएसमा देखिन आएमा त्यस्ता सवारी चालक अनुमति पत्रहरू सवारी तथा यातायात व्यवस्था ऐन२०४९ परिच्छेद को दफा ६० बमोजिम निलम्बनको लागि यातायात कार्यालय पठाइने व्यवस्था रहेको

सम्बन्धित समाचार