२०८३ असार ३ गते , बुधबार

झापामा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ असार ३ गते , बुधबार
झापामा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

बिर्तामोड झापाको गौरादहमा टिपरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको टिपको ठक्करबाट गौरादह बस्ने ६१ वर्षीय प्रेमप्रसाद गुरागाईको मृत्यु भएको हो

गएराति ८:२० बजे गौरादह नवदुर्गा पेट्रोल पम्पस्थित पाडाजुँगीगौरीगञ्ज भित्री सडक खण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र=०१००१ ११८८ नम्बरको टिपरले साइकल यात्री गुरागाईलाई ठक्कर दिएको थियो टाउको शरीरको बिभिन्न भागमा चोट लागेका गम्भीर घाइते गुरागाईलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएकोमा उपचारको क्रममा राति ८:४५ बजे डाक्टरले मृत घोषणा गरेका थिए

टिपर चालक गौरादह बस्ने ३५ वर्षीय उमेश ताजपुरीया टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले जानकारी दिए

सम्बन्धित समाचार