२०८३ असार ३ गते , बुधबार

नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्ने भन्दै देउवा दम्पतीद्वारा पत्राचार

sajilo news
परिवेश मिडिया
२०८३ असार २ गते , मंगलबार
नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्ने भन्दै देउवा दम्पतीद्वारा पत्राचार

झापा । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्दै साउन २८ गते  भित्र नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्ने जनाएका हुन् ।
जेठ २८ गते इमेलमार्फत पत्राचार गर्दै देउवा र उनकी पत्नी डा. आरजु राणाले २ महिनाभित्र नेपाल फर्केर विभागको अनुसन्धानमा सदासयतापूर्वक सहयोग गर्न तत्पर रहेको प्रष्ट पारेका छन् ।
विभागका महानिर्देशकलाई सम्बोधन गरेर पठाइएको ४ पेज लामो इमेलमा स्वास्थ्य उपचारका क्रममा रहेको अवस्थामा आफूहरूलाई ‘देश छाडेर भागेको, अनुसन्धानमा उपस्थित नभएको भन्ने जस्ता भाष्य सिर्जना गरी पक्राउ पुर्जी जारी गर्ने तथा नेपाल प्रवेश गर्न कठिनाइ हुने अवस्था नबनाइयोस्’ भनेर अनुरोध समेत गरिएको छ ।

सम्बन्धित समाचार