२०८३ असार १ गते , सोमबार
हात्तीको आक्रमणमा परि मेचीनगरमा एक वृद्धाको मृत्यु
बिर्तामोड । हात्तीको आक्रमणमा परि मेचीनगरमा एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर ४ बस्ने ६२ बर्षीया पध्मा पौडेलको मृत्यु भएको हो ।
आज बिहान अन्दाजी ४ः५५ बजे मेचीनगर नगरपालिका ४ नम्बर वडा कार्यालय अगाडी घरबाट बाहिर निस्कने क्रममा हात्तीले पौडेललाई आक्रमण गरेको थियो । हात्तीले कुल्चिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक बीरेन्द्र कोइरालाको कमाण्डमा टोली खटिएर आवश्यक कानुनी प्रक्रियापश्चात् पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुरमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।