२०८३ जेष्ठ ३१ गते , आईतबार

गुण्डागर्दीमा संलग्न सरकारी कर्मचारी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ३० गते , शनिबार
गुण्डागर्दीमा संलग्न सरकारी कर्मचारी पक्राउ

बिर्तामोड । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा जिल्ला निर्वाचन कार्यालय झापाका दुईजना कर्मचारी पक्राउ परेका छन् । मेचीनगर १० बस्ने ३६ वर्षीय कविराज गुरागाईं र बिर्तामोड ७ बस्ने ३० वर्षीय पराजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जेठ २८ गते राति अन्दाजी १ बजे भद्रपुर नगरपालिका ८ स्थित उडल्याण्ड होटलमा प्रवेश गरी कत्ति र खुकुरी देखाई गुण्डागर्दी गरिरहेको सुचना पाएर गएको प्रहरी देखेर भागेका उनीहरूलाई २९ गते दिउँसो २ बजे  जिल्ला निर्वाचन कार्यालय झापा अगाडी फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।
उनीहरूले प्रयोग गरेको कत्ति र खुकुरी समेत प्रहरीले बरामद गरेको छ भने पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार