२०८३ जेष्ठ ३१ गते , आईतबार

ताप्लेजुङ–झापा सरोकार समाजद्वारा दुई ज्येष्ठ नागरिक सम्मानित

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ३० गते , शनिबार
ताप्लेजुङ–झापा सरोकार समाजद्वारा दुई ज्येष्ठ नागरिक सम्मानित

बिर्तामोड । ताप्लेजुङ–झापा सरोकार समाए दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाले ११औं बार्षिक साधारणसभाको अवसरमा उनीहरूलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष होमप्रसाद काफ्लेको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १०३ वर्षीय कुलप्रसाद पौडेल र भगिरथा न्यौपानेलाई सम्मान गरिएको हो । सम्मानितलाई कार्यक्रमकी प्रमुख अतिथि प्रसाई, संस्थाका अध्यक्ष काफ्लेले दोसल्ला, सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए ।
संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष काफ्लेले प्रस्तुत गरेका थिए । संस्थाले स्थापना गरेको अक्षयकोषमा बिर्तामोडका सामाजिक व्यक्तित्व व्यवसायी निर्मल भट्टराईले २५ हजार र लक्ष्मी मादेनले ५ हजार रुपैयाँ सहयोगको घोषणा गरेका उपाध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिइन् ।
ताप्लेजुङमा जन्मिएर कर्म गर्नका लागि झापा झरेका ताप्लेजुङबासीहरुले विभिन्न उद्देश्य राखेर स्थापना गरेको अक्षयकोषमा हाल ८ लाख बढी रकम संकलन भएको बताइएको छ ।
उपाध्यक्ष शिव खरेलले स्वागत र सचिव डिआर कडरियाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, सल्लाहकारहरु कमल गुरागाँई, निर्मल भट्टराई, रेजिना गौतम, कानूनी सल्लाहकार नारायण चम्लागाँई, समाजका बिर्तामोड नगरअध्यक्ष सुरेन्द्र सिटौला, अर्जुनधाराका नगरअध्यक्ष राजकुमार गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा अक्षयकोषका दाता विक्रम मादेन र लक्ष्मी मादेनलाई दाताको सम्मान पत्र प्रदान गरिएको थियो । 

सम्बन्धित समाचार