२०८३ जेष्ठ ३१ गते , आईतबार

झापा साइक्लिङ क्लबको अध्यक्षमा श्रेष्ठ

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ३० गते , शनिबार
झापा साइक्लिङ क्लबको अध्यक्षमा श्रेष्ठ

बिर्तामोड । झापा साइक्लिङ क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् । क्लबको आज बिर्तामोडमा भएको प्रथम अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल र कोषाध्यक्षमा मलिना शाक्य चयन भएका छन् । यसअघि तदर्थ समितिमा उनीहरु सोही पदमा रहेर काम गरेका थिए ।
१३ सदस्यीय समितिको सदस्यहरुमा पूर्णबहादुर गौली, शिरीष रिमाल, संगीता दनुवार, प्रविन शाक्य, नारदप्रसाद रिजाल, तुलसीप्रसाद दाहाल (विनोद), नवराज गणेश, शरद जोशी र निर्मल भट्टराई रहेका छन् ।
अधिवेशनलाई प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका निवृत्त उपप्राध्यापक तथा राइडर लक्ष्मीप्रसाद निरौला, उपप्राध्यापक विष्णु मिश्रलगायतले शुभकामना व्यक्त गरेका थिए ।
झापामा छ वर्षअघि देखि साइकलसँग सम्बन्धित गतिविधि हुँदै आए पनि विधिवत रुपमा संस्था गठन भएको पहिलोपटक हो ।
अध्यक्ष श्रेष्ठकै अगुवाईमा सन् २०२० देखि बिर्तामोडमा झापा कोरा च्यालेन्ज हुँदै आएको छ । साथै, साइकल र साइकल पर्यटनका कामहरु भइरहेका छन् ।
नवगठित समितिले झापामा साइक्लिङको प्रवर्धन गर्नुका साथै साइकलसँग जोडिएर पर्यटनका क्रियाकलापहरु गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचार