घिमिरेले सम्हाले काठमाण्डौ प्रहरीको जिम्मेवारी
बिर्तामोड । जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड एसएसपी दिलिप घिमिरेले सम्हालेका छन् । रमेश थापाले ९ महिने कार्यकाल पूरा गरेर विदा भएसँगै बिहीबारबाट घिमिरेले कमाण्ड सम्हालेका हुन् । घिमिरे यस अघि प्रहरी हेडक्वार्टरमा थिए ।
थापा जेनजी आन्दोलनपछि ५ असोजमा सरुवा भएर काठमाडौ प्रहरी प्रमुखको रुपमा कमाण्ड सम्हाल्न आएका थिए ।
त्यतिबेला काठमाडौंको सुरक्षा अवस्था निकै चुनौतीपूर्ण थियो । जेनजी पक्ष र एमालेका भातृ संगठनलेहरू एक अर्कोविरुद्ध उजुरी हाल्ने, पक्राउ गर्न दबाब दिने काम त्यतिबेला भएको थियो । त्यतिबेला सुझबुझपूर्ण निर्णय गरेर अघि बढ्दा कुनै अप्रिय घटना भएको सुरक्षा अधिकारीहरू बताउँछन् ।
भदौमा भएको जेनजी आन्दोलनमा भएका प्रहरीको भौतिक संरचनाको क्षतिलाई मर्मत सम्भार तथा निर्माण गरेर काम कारबाही अघि बढाइएको थियो । बिग्रदोँ सुरक्षास्थितीलाई लयमा फर्काउन आफूले सक्दो काम गरेको उनको बुझाइ छ ।
निर्वाचन, एनपीएल क्रिकेटको शान्ति सुरक्षा, फरार अभियुक्त पक्राउ, टीओबी समूहको पहिचान र कारबाही जस्ता महत्वपूर्ण काम यो बीचमा भएका थिए ।
अब काठमाडौंका कमाण्ड सम्हान आएका नयाँ एसएसपी घिमिरेको काँधमा देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षाको कमाण्ड गर्ने जिम्मेवारी आएको छ । काठमाडौं सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिन्छ ।