२०८३ जेष्ठ २० गते , बुधबार
मेचीनगरमा स्कुल बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
बिर्तामोड । झापाको मेचीनगरमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका ७ सतीघट्टामा आज ५:२५ बजे भएको दुर्घटनामा परी भारत किशनगन्ज गलगलीया बस्ने बर्ष ३२ को अजय माझी र झापा मेचीनगर-७ बस्ने बर्ष २१ को अजय राजबंशीको घटनास्थलमै मृत्यु भएको हो ।
झापा मेचीनगर ७ संजय सिमेन्ट फ्याक्ट्री अगाडी गोमनसरीबाट धुलाबारी तर्फ जाँदै गरेको होलिबेल ईङ्गलिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र बिपरित दिशा तर्फबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोसा एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
बस चालक झापा मेचीनगर ११ बस्ने बर्ष ४५ को निरेन धिमाल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको, बस र मोटरसाइकल इप्रका काँकरभिट्टा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाका जनाएको छ ।