२०८३ जेष्ठ १९ गते , मंगलबार

करोडौंको टी टेस्टिङ सेन्टर कोठामा सीमित, भवन निजी होटललाई भाडामा

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १९ गते , मंगलबार
करोडौंको टी टेस्टिङ सेन्टर कोठामा सीमित, भवन निजी होटललाई भाडामा

बिर्तामोड करोडौँको लगानीमा चियाको स्वाद, गुणस्तर जाँच बाली संरक्षण गर्ने उद्देश्यका साथ निर्माण गरिएको टि टेस्टिङ सेन्टर कोठामा सिमित बनेको पाइएको इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा चिया अनुसन्धान तथा प्रबर्धन केन्द्र (टीटेस्टिङ एन्ड प्रोमोसन सेन्टर) करोडौँको लगानीमा राज्यले निर्माण गरेपनि सञ्चालन गर्न नसकेको हो

कोशी प्रदेश सरकार सूर्योदय नगरपालिकाको १८ करोडको संयुक्त लगानीमा निर्माण भएको उक्त भवन २०८१ मंसिर २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका थिए

तर, भवन निर्माणको उद्धेश्य विपरित चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी निजी कम्पनीलाई लिजमा दिइएको टि टेस्टिङ सेन्टरका लागि भने एउटा कोठा छुट्याइएको नगरपालिकाले भवन निजी कम्पनी उत्तम प्रगतिलाई लिजमा दिएको भने सो कम्पनीले चेन होटलवृक्षालय कन्याम सञ्चालन शुरु गरेको

चिया केन्द्र सञ्चालनका लागि दक्ष जनशक्ति उपकरण अभावको कारण देखाउँदै चालू आर्थिक वर्षदेखि वार्षिक २९ लाख रुपैयाँ भाडा पाउने गरी नगरपालिकाले उक्त कम्पनीलाई १० वर्षका लागि लिजमा दिएको होटेलका सुपरभाइजर सञ्जय प्रधानका अनुसार चार रोपनी जग्गामध्ये तीन रोपनीमा बनेकोटीटेस्टिङ सेन्टरका पाँचमध्ये चार भवनमा होटेल तर पाँचौँ भवनमा टेस्टिङ सेन्टरका लागि छुट्याइएको भएपनि सो भवनमा रहेको आकर्षक सभाहल कम्पनीले नै प्रयोग गर्ने बुझिएको

कोशी प्रदेशलाई चियाकफीको विकासमा अघि बढाउने भन्दै सरकारले सूर्योदय नगरपालिका , कन्याममा ससर्त अनुदानमार्फत उक्त संरचना निर्माण गरेको थियो सूर्योदय नगरपालिकाका कार्यवाहक मेयर दुर्गाकुमार बरालले उद्देश्यअनुरूप सेन्टर सञ्चालन गर्न ढिलाइ हुने भएकाले भौतिक सम्पत्तिलाई उपयोगमा ल्याएर आम्दानी गर्न लिजमा दिइएको दाबी गरे कार्यविधिअनुसार नै गेस्ट हाउस, किचन सेमिनार हल मात्र निजी क्षेत्रलाई उपयोग गर्न दिइएको उनको भनाइ

हामीले टीटेस्टिङका लागि निर्माण भएको प्रयोगशाला (ल्याब) भवन आफैँसँग राखेका छौँ सञ्चालनको तयारी गरिरहेका छौँ,’ बरालले दाबी गरे, ‘ल्याब सञ्चालनका लागि प्रदेश योजना आयोग संघीय सरकारका निकायहरूसँग निरन्तर छलफल भइरहेको , चाँडै चिया परीक्षण सेवा पनि सुरु गर्नेछौँ

सम्बन्धित समाचार