२०८३ जेष्ठ १७ गते , आईतबार
इलाम फाकफोकथुमका राजकुमार थेगिम बिर्तामोडमा मृत भेटिए
बिर्तामोड । इलाम फाकफोकथुम गाउँपालिका ३ का राजकुमार थेगिम बिर्तामोडमा मृत भेटिएका छन् । बिर्तामोड १ मा बस्दै आएका ४५ वर्षीय थेगिम जेठ १५ गतेदेखि सम्पर्कबिहिन भएका थिए ।
थेगिम १६ गते साँझ ८ बजे बिर्तामोड ३ आदर्श चोकमा लडिरहेको अवस्थामा फेला परेका थिए । चिउँडोमा सामान्य चोट देखिएपछि उनलाई उपचारको लागि बिर्तामोड नगर अस्पताल पठाइएको र उपचारको क्रममा ९:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीको भनाई छ ।
मृतक सुब्बा अत्यधिक मदिरा सेवन गर्ने गरेको बुझिएको छ ।