२०८३ जेष्ठ १६ गते , शनिबार

हिमालयन लाइफको एजेन्सी पर्फर्मेन्स प्रोग्राम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १६ गते , शनिबार
हिमालयन लाइफको एजेन्सी पर्फर्मेन्स प्रोग्राम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले एजेन्सी पर्फर्मेन्स प्रोग्राम सम्पन्न गरेको छ । शनिबार दमकको होटल कामक्षामा एक दिने कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा यो वर्ष राइजिङ स्टार क्वालिफाईड भइसकेका ५ जना र आरोही क्वालिफाईड १ जना अभिकर्तालाई सम्मान गरिएको थियो । बिर्तामोड शाखाका अभिकर्ता एमडीआर्टी तथा सिनियर एजेन्सी मेनेजर खिवराज दाहाललाई आरोही क्वालिफाईड भएकोमा सम्मान गरिएको थियो । त्यस्तै एमडीआर्टी तथा सिनियर एजेन्सी मेनेजर पुष्प खड्का तथा एजेन्सी मेनेजर सञ्जय शर्मा, सुरुङ्गा शाखाका  एमडीआर्टी तथा सिनियर एजेन्सी मेनेजर सागर रिजाल र दिलीप गौतम तथा धुलाबारी शाखाकी एजेन्सी रेनुका थापालाई  राइजिङ स्टार क्वालिफाईड भएको भन्दै सम्मान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका संयोजक तथा कम्पनीका कोशी प्रदेश प्रमुख राम बहादुर शाही, तालिम विभाग प्रमुख हर्क बहादुर बुढाथोकी र कोशी प्रदेश उपप्रमुख भोलाकृष्ण (नवीन) मिश्रले सम्मान पत्रसहित सम्मान गरेका थिए ।
कार्यक्रमका सहजकर्ता कम्पनीका तालिम विभाग प्रमुख बुढाथोकीले आगामी असार मसान्त भित्रमा कसरी उत्कृष्ट व्यवसाय गर्न सकिन्छ भन्ने बारे जानकारी गराएका थिए । उनले बीमा पोलिसी बेच्ने नभई बिमितलाई सुरक्षा बेच्नु पर्ने धारणा राखे ।
कार्यक्रममा एमडीआर्टी तथा सिनियर एजेन्सी मेनेजर खिवराज दाहालले बीमा व्यवसाय पुण्यको काम भएको बताए । उनले बीमितको आर्थिक सुरक्षा गर्नु नै बीमा कम्पनीको दायित्व भएको धारणा राखे ।
कार्यक्रममा सहभागीलाई कम्पनीका दमक शाखा प्रमुख नारायण थापाले स्वागत गरेका थिए भने प्रदेश उपप्रमुख मिश्रले कार्यक्रमको औचित्यबारे प्रष्ट्याएका थिए ।
कार्यक्रम एमडीआर्टी तथा सिनियर एजेन्सी मेनेजर सागर रिजालले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार