२०८३ जेष्ठ १६ गते , शनिबार

शुक्रबार झापामा दुई जनाको मृत्यु, एक जना घाइते

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १६ गते , शनिबार
शुक्रबार झापामा दुई जनाको मृत्यु, एक जना घाइते

बितामोड । शुक्रबार (हिजो) झापामा दुई जनाको मृत्यु भएको छ । अलग अलग घटनामा उनीहरुको मृत्यु भएको हो । 
बेलुका अन्दाजी ५ः३० बजे मेचीनगर नगरपालिका ८ जोरसिमलस्थित महेन्द्र राजमार्ग हाईवेबाट करिब ५० मिटर तल जमिनमा तत्काल नाम, थर र वतन नखुलेको अन्दाजी ३५/४० बर्षको पुरुष मानिस उत्तानो परि मृत अवस्थामा  फेला परेको थियो ।  मृत अवस्थामा स्थानीयले देखेर प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । 
त्यस्तै सवारी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका १३ बस्ने अन्दाजी बर्ष ४४ को निमा तामाङको मृत्यु भएको हो । जेठ ११ गते विहान अन्दाजी १०ः३० बजे मेचीनगर १२ सहरेडाँगीस्थित मेचीराजमार्गमा चारआलीबाट बुधबारेतर्फ जादैँ गरेको प्र.१–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले पैदलयात्री तामाङलाई ठक्कर दिएको थियो । दुर्घट्नामा परि तामाङको टाउकोमा चोट  लागि घाइते भएकोमा उपचारको लागि बिर्तासिटी अस्पताल विर्तामोडमा पठाइएको र आर्थिक अभावका कारण डिस्चार्ज लिइ उपचारको लागि पुनः मेची आम्दा अस्पतालमा धुलाबारी लगिएकोमा उपचारको क्रममा शुक्रबार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए । 
घट्नामा संलग्न मोटरसाइकल र चालक बुद्धशान्ती गाउँपालिका १ बस्ने अन्दाजी बर्ष २३ को नारायण भट्टराईलाई  नियन्त्रणमा लिई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ । 
त्यस्तै कनकाईमा धारिलो हतियार प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । बाह्रदशी ७ बस्ने अन्दाजी बर्ष ३० का सूर्यलाल राजवंशी घाइते भएका हुन । 
राजवंशीलाई कनकाई ५ चप्रामारीमा कनकाई ५ तुलसीबारी बस्ने अन्दाजी बर्ष २५ को दिपक विष्टले पुरानो रिसइबीका कारण दाउ प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीले तत्काल विष्टलाई पक्राउ गरेको र घाइते राजवंशीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार