ट्रयाक्टरबाट लडेर घाइते भएका मजदुरको मृत्यु
बिर्तामोड । झापाको बाह्रदशीमा ट्रयाक्टरबाट लडेर घाइते भएका मजदुरको मृत्यु भएको छ । जेठ १० गते अन्दाजी १२ बजे बाह्रदशी गाउँपालिका ३ स्थित गणेश गिरीको घर आँगनमा बालुवा अनलोड गर्ने क्रममा ट्रयाक्टरबाट लडेर घाइते भएका स्थानीय ३३ वर्षीय शिवलाल हेमरमको उपचारको क्रममा मृत्यु भएको हो ।
मे १ त ६२६८ नम्बरको ट्रयाक्टरमा कार्यरत मजदुर हेमरम ट्रयाक्टरबाट अचानक लडी पेटमा चोट लागी घाईते भई स्थानीय मेडिकल राजगढमा लगि उपचार गराउँदा, चोट सामान्य भई डिस्चार्ज भएकोमा जेठ १२ गते निज घाइतेलाई उक्त चोटको कारण दुखाई बढेकोले थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा जेठ १४ गते बिहान १२:२५ बजेको समयमा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रयाक्टर चालक बाह्रदशी २ घर भइ वडा नं. ३ बस्ने लक्किराम टुडु प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।