२०८३ जेष्ठ १४ गते , विहीबार

आफ्नै स्कुल बसले किचेर बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १३ गते , बुधबार
आफ्नै स्कुल बसले किचेर बालकको मृत्यु

बिर्तामोड । झापाको गौरादहमा स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ । गौरादह-७ स्थित फगेटीमा सजग एकता बोर्डिङ स्कुलको बसले किचेर सोही स्कुलका विद्यार्थी वर्ष ४ को आरोग्य चिमरियाको मृत्यु भएको छ ।
बिहीबार साँझ अन्दाजी ५ बजे सो स्कुलको को १ ख ६९४० नम्बरको बस ओराल्ने क्रममा किच्दा खड्ग चिमरियाको छोरा आरोग्य घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उक्त बस र बस चालक स्थानीय वर्ष ५७ को लाल बहादुर बस्नेत इप्रका गौरीगंजको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार