२०८३ जेष्ठ १३ गते , बुधबार

काम गर्न आएको हुँ: डीएसपी पाठक

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १२ गते , मंगलबार
काम गर्न आएको हुँ: डीएसपी पाठक

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीको भर्खरै कमाण्ड सम्हालेका डिएसपी सन्तोष पाठकले आफू काम गर्न आएको बताएका छन ।
मङ्गलबार सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी पाठकले त्यस्तो बताएका हुन् ।
पाठकले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिर्तामोडमा लागूऔषधको समस्या ठूलो रहेको र सो न्यूनीकरणका लागि योजना बनाएर काम गर्ने बताए । पाठकले आफू जागिर खाने मात्र भन्दा पनि प्रहरी अधिकृतको रुपमा परिणाममुखी काम गर्ने बताए । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले लागू औषधसँगै बिर्तामोडमा हुने यौनजन्य गतिविधि, चोरी लगायत अपराधिक गतिविधिको बारेमा डिएसपी पाठकलाई जानकारी गराएका थिए ।
चितवन घर भएका पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडौँबाट सरुवा भई बिर्तामोड आएका हुन् । 

सम्बन्धित समाचार