२०८३ जेष्ठ १३ गते , बुधबार
हुरीले घर भत्काउँदा थिचिएर एक महिलाको मृत्यु
झापा । सोमबार साँझ आएको हुरीले घर भत्काउँदा थिचिएर एक महिलाको ज्यान गएको छ ।
रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवी रायको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए।
हुरीले रायको घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको उनले जानकारी दिए ।