२०८३ जेष्ठ १२ गते , मंगलबार

काठमाण्डौका लागूऔषध कारोबारी झापामा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ११ गते , सोमबार
काठमाण्डौका लागूऔषध कारोबारी झापामा पक्राउ

बिर्तामोड । काठमाडौँका दुईजना लागूऔषध कारोबारी झापामा पक्राउ परेका छन् । काठमाण्डौ महानगरपालिका वडा नम्बर २५ असन चोक बस्ने बर्ष ४० को अजय चित्रकार र  काठमाण्डौ महानगरपालिका वडा नम्बर २३ ओमबाहल टोल बस्ने बर्ष ३७ को शुशिल मानन्धर झापामा पक्राउ परेका हुन् । 
चित्रकार र मानन्धरलाई प्रहरीले आइतबार झापाको काँकरभिट्टाबाट पक्राउ गरेको हो ।
आइतबार अन्दाजी ३:३० बजेको समयमा  इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्युरो ईकाई कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलमा भारतबाट नेपालतर्फ सिटि रिक्सामा आउदै गरेको अवस्थामा चेकजाँच गर्दा लागूऔषध फेला परेपछि पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट प्लाष्टिक बाहेक १२ ग्राम ४२० मिलिग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खुला सिमानाका र लागूऔषध भित्र्याउन सहज भएका कारण देशभरका लागूऔसध कारोबारी काकरभिटा नाका हुँदै भारत गएर लागूऔषध भित्र्याउने गरेका छन ।

सम्बन्धित समाचार