२०८३ जेष्ठ १० गते , आईतबार

जबरजस्ती करणी मुद्दाका कैदीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ९ गते , शनिबार
जबरजस्ती करणी मुद्दाका कैदीको मृत्यु

बिर्तामोड । जिल्ला कारागार कार्यालय झापाका एक कैदीको मृत्यु भएको छ । साविक नाङ्गिन गाविस ९ (हाल फिदिम नगरपालिकामा) निवासी ६४ वर्षीय चन्द्रकुमार घिमिरेको मृत्यु भएको हो ।
जबरजस्ती करणी मुद्धामा १० वर्ष कैद फैसला भई ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेका घिमिरे जेठ ७ गते साँझ ५ बजे बिरामी परेका थिए । श्वासप्रश्वास सम्बन्धी समस्या भएका घिमिरेलाई प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा थप उपचारका लागि ओम साई पाथिभरा अस्पताल भद्रपुर हुँदै नी एण्ड सी अस्पतालमा उपचार भई रहेकोमा आज बिहान ३:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार