२०८३ जेष्ठ ९ गते , शनिबार

दुवै हातखुट्टा गुमाएका उमेशलाई लायन्स क्लबको सहयोग

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ८ गते , शुक्रबार
दुवै हातखुट्टा गुमाएका उमेशलाई लायन्स क्लबको सहयोग

बिर्तामोड । झापा कन्काई ५ बेनुबाजा निवासी २६ वर्षीय उमेश खातीलाई लायन्स क्लबले आर्थिक सहयोग गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (युएइ)मा रहँदा बिरामी भई दुवै हातखुट्टा गुमाएका खातीलाई लायन्स क्लबले ५१ हजार १०५ रुपैया नगद सहयोग गरेको हो ।
लायन्स क्लब एरिया वानको रिजन अन्तर्गतका सात वटा क्लबले उक्त सहयोग गरेको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकि अध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् । खातीको उपचारमा सहयोग पुगोस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको इलेक्ट गभर्नर लीला प्रसाद चिमरियाले जानकारी दिए ।
चेयर पर्सन पार्वता गिरीको उपस्थितिमा भएको कार्यक्रममा सातवटै क्लबका चेयर पर्सनहरूको समेत सहभागिता रहेको थियो ।
शरीरको निश्चित भागमा रक्त सञ्चार नहुने 'ड्राई ग्याङग्रीन' नामक घातक रोगका कारण उमेश चैत्र २ गते युएइ मै ढलेका थिए । कम्पनीले उपचार गर्नुको सट्टा घर पठाए पछि त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उनको दुवै हात खुट्टा काट्नु परेको थियो । घर चलाउने मान्छे नै हातखुट्टाबिहिन बने पछि खाती परिवार बिचल्लीमा परेको छ । सहयोगीको साथले उनको उपचार भई रहेको छ । 

सम्बन्धित समाचार