हिमालयन लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको मेची जोन अन्तर्गतको कार्यक्रम आज झापाको बिर्तामोडमा सम्पन्न भएको हो ।
कम्पनीका कोशी प्रदेश उपप्रमुख भोलाकृष्ण मिश्र (नविन)को संयोजकत्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश प्रमुख रामबहादुर शाहीले धनजनको क्षति हुँदाको एकमात्र सारथी बीमा भएको बताउँदै सुरक्षित भविष्यको लागि जीवन बिमा अपरिहार्य रहेको बताए ।
सुरुङ्गा शाखा प्रमुख चन्द्रकला घिमिरेसहित अभिकर्ताहरु रेनु दंगाल, बिना निरौला, सरगम कट्वाल र छुनु राईले सांगीतिक प्रस्तुती दिएका थिए भने सप्तक संगीत विद्यालयका संस्थापक अध्यक्ष तथा प्रशिक्षक सरोज वत्सले गीत प्रस्तुत गरेका थिए ।
कम्पनीका एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर खिवराज दाहालले लक्ष्य निर्धारण गरेर अगाडी बढ्न अभिकर्ताहरुलाई आग्रह गरे । बिमा व्यवसाय मात्र नभएर परोपकारको कार्यसमेत भएको बताउँदै यसलाई थप मर्यादित र व्यवसायिक बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमकै बिच राइजिङ स्टार र आरोही एचिभरहरुलाई सम्मान गरिएको थियो भने अभिकर्ता प्रियंका उप्रेतीको जन्मोत्सवपनि मनाइएको थियो ।
कम्पनीका एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर सागर रिजालले हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेका थिए । बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई सुरुङ्गा शाखा प्रमुख चन्द्रकला घिमिरेले स्वागत गरेकी थिइन् ।