२०८३ आश्विन ४ गते , आईतबार

कारागारबाट भागेका कैदी १ वर्षपछि पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन ४ गते , आईतबार
कारागारबाट भागेका कैदी १ वर्षपछि पक्राउ

झापा । गत वर्षको जेनजी आन्दोलनमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाण्डौबाट फरार कैदी दमकमा पक्राउ परेका छन् ।
ताप्लेजुङ सिदिङवा गाउँपालिका वडा नं.२ हुँसेसाँगु बस्ने २७ वर्षीय राजकुमार लिम्बू पक्राउ परेका हुन् । जवरजस्ती करणीको अभियोगमा कैद सजाय भोगिरहेको लिम्बू गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए ।
दमक नगरपालिका वडा नं.६ मा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी निरीक्षक प्रमोद खड्काको टोलीले हिजो साँझ ७ बजे उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जवरजस्ती करणी मुद्धामा काभ्रेपलान्चोक जिल्ला अदालतले २०७९ असार २२ गते उनलाई १८ बर्ष कैद, १ लाख क्षतिपूर्ति र २ हजार २०० पीडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला सुनाएको थियो ।

सम्बन्धित समाचार