२०८३ आश्विन ४ गते , आईतबार
देवानगञ्जमा गोली चल्दा एक युवक घाइते
झापा । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित मध्यहर्साइमा चलेको गोली लागेर घाइते भएका युवालाई अस्पताल लगिएको छ ।
उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको हो । घाइते भएका युवकको तिघ्रामा गोली लागेको छ ।
घाइतेको नाम भने खुलेको छैन । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए ।
गोली के कारणले चलेको भन्ने पनि नखुलेको उनले बताए ।
‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले भने ।
उनले पनि घटनाको कारणबारे बुझ्ने काम भइरहेको बताए । स्थानीयहरूले गोली चलेको खबर गरेपछि प्रहरी त्यसतर्फ गएको हो ।